बलेफी हाइड्रोपावर लिमिटेडको साधारण जेठ ११ गते बुधबारदेखि धितोपत्रको दोस्रो बजारमा खरीद गर्न मिल्ने भएको छ ।
बलेफी हाइड्रोपावर लिमिटेडले आज बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज लिमिटेडसँग सेयर सूचीकरण सम्झौता गरेको हो । सम्झौता अनुसार कम्पनीको २० प्रतिशत साधारण र ८० प्रतिशत संस्थापक तर्फको गरी कुल चुक्ता मूल्य १०० दरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र बलेफी हाइड्रोपावर लिमिटेडबीच जेठ १० मंगलबार सेयर सूचीकरण गरिएपछि सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट नेप्सेमा उक्त कम्पनीको धितोपत्रको दोस्रो बजार कारोबार सुरु हुने भएको हो ।
यससँगै अब आईपीओ सेयर पाएका लगानीकर्ताले बुधबारदेखि आफुले पाएको सेयर दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन् । नेप्सेले बलेफी हाइड्रोपावर लिमिटेडको दोस्रो बजार कारोबारका लागि बिएचएल कारोबार संकेत दिएको छ ।
कम्पनीले सर्वसाधारणमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड मार्फत साधारण सेयर खुल्ला बिक्री आह्वान गरेको थियो । यसरी उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुमा वितरण गरिएको १० प्रतिशत अर्थात १८ लाख २७ हजार ९७० कित्ता र सर्वसाधारण लगानीकर्ता सेयरधनीहरुमा वितरण गरिएको १० प्रतिशत (सामूहिक लगानी कोष र कर्मचारीहरु समेत) १८ लाख २७ हजार ९७० कित्ता जारी गरिएको थियो । कम्पनीमा संस्थापकहरुले ८० प्रतिशत १ करोड ४६ लाख २३ हजार ७६० कित्ता लगानी गरेका छन् ।
कम्पनीले कुल धितोपत्र १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता साधारण सेयर वितरण भई धितोपत्र सूचिकरण विनियमावली २०७५ बमोजिम मिति २०७९ जेठ ९ गतेको निर्णयानुसार नेप्सेमा सूचीकरण गरिएको हो ।
काठमाडौं जिल्ला टेकुमा प्रधान कार्यालय रहेको कम्पनीको सूचीकरण पश्चात् दिनुपर्ने आरटिएस सेवा ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंबाट हुने कम्पनीले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया