महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

0
Shares

महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई कूल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको असोज १६ गते सम्पन्न बैंठकले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट ८ प्रतिशत बोनस र करसहित ९.८९ प्रतिशत नगद गरि कूल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यसअनुसार २२ करोड ७५ लाख रुपैयाँ बराबरको बोनस शेयर र २८ करोड १४ लाख रुपैयाँ नगद लाभांश गरि कूल ५० करोड ९० लाख रुपैयाँ बराबरको वितरण गर्नेछ ।

सञ्चालक समितिबाट प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको १८ औं वार्षिक वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात शेयरधनीहरुले पाउनेछन्।

बैंकले अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा ८ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश गरी कूल १५ प्रतिशत लाभांश वितरण गरेको थिया।

हाल २ अर्ब ८४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस पश्चात पूँजी ३ अर्ब ७ करोड रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति: २३ असाेज २०७६, बिहीबार  २२ : ०२ बजे