सस्तिँदै सुन – चाँदी

0
Shares

भदौ १८ गते ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको भाउ पछिल्लो समय सस्तिन थालेको छ । उच्च मूल्यबाट हालसम्म सुनको भाउ ३ हजार १०० रुपैयाँले घटिसकेको छ। शुक्रबार मात्रै सुन तोलामा ५०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी महासंघले असोज २४ गते शुक्रबारका लागि सुनको मूल्य ७० हजार ४०० रुपैयाँ तोलामा कारोबार भइरहेको जनाएको छ। यस्तै तेवावी सुन तोलामा ७० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ भने ८४५ रुपैयाँ तोलामा कारोबार भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा भएको उतार चढावसँगै नेपालमा सुनको भाउ निर्धारण गरिँदै आइरहेको छ। शुक्रवार प्रति औस सुनको मूल्य १४ सय ९६ डलर १० सेन्ट छ।

शुक्रबार सुनसंगै चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य शुक्रबार तोलामा ५ रुपैयाँले घटेर ८४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।