आगामी आवको मूल्य वृद्धि ७% को सीमा भित्रै राख्ने प्रयास गर्नेछौ: गभर्नर

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको बजेटले लिएको ७ प्रतिशतको मूल्य वृद्धिलाई सीमा भित्र राख्न प्रयास गरिने बताएका छन् ।

करिब २ महिना पछि अर्थमन्त्री सहभागी भएको कार्यक्रममा पुगेका गभर्नरले करिब एक मिनेट पनि बोलेनन् । उनलाई पत्रकारका प्रश्नको जवाफ दिने क्रममा सचिब मघु मरासिनिले माइक हस्तान्तरण गरेका थिए ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएको दोस्रो दिन अर्थमन्त्रालयले आयोजना गरेको कार्यक्रममा पुगेका गभर्नरले कर्मचारीको १५ प्रतिशत तबल वृद्धि र वृद्धाभत्ता दिने उमेर घटाएर ७० वाट ६८ मा झारिएको लगायतका आन्तरिक विषयहरु रहेको अवस्थामा मूल्य वृद्धि ७ प्रतिशत भित्र राख्न सकिन्छ भन्ने जिज्ञासा आएको बताउँदै उनले भने,“हामीले मौद्रिक नीति तयार गर्दैगर्दा छलफल र विश्लेषण गर्ने नै छौ । बजेटले लिएको ७ प्रतिशतको सीमा भित्र रहने नै प्रयास गर्नेछौ ।”

सरकारले कार्यक्षमतामा प्रश्न गर्दे गत चैत २४ गते छानवीन समिति गठन गर्ने निर्णय गरेको भोलिपल्ट देखि अर्थमन्त्री र गभर्नर एउटै कार्यक्रममा देखिएका थिएनन् । सरकारले जाचबुझ समिति गठन गरेपछि अदालत पुगेका गभर्नर बैंशाख ८ गतेदेखि पुनरबाहली भएका थिए । गभर्नरको पुनरवाहली पछि एउटै कार्यक्रममा अर्थमन्त्री र गभर्नर सहभागी भएको सोमबार पहिलो पटक हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।