महालक्ष्मी कर्पोरेट क्रिकेटको प्रथम संस्करणको विजेता आईसीएफसी फाइनान्स

0
Shares

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि आईसीएफसी फाइनान्स लिमिटेडले जितेको छ । प्राइम बैंकले द्वितिय र कामना सेवा विकास बैंकले तृतिय स्थान हासिल गरेका छन् ।

प्रतियोगिताको उपधि जित्न सफलहरुलाई नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्र, महालक्ष्मी विकास बैंक लिमिटेडका अध्यक्ष राजेश उपाध्याय र प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले संयुक्त रुपमा ट्रफी, मेडल तथा प्रमाणपत्रहरु प्रदान गरेका थिए ।

महालक्ष्मी विकास बैंक लिमिटेडले बैंकको २८ औं वार्षिकोत्सवको अवसर पारेर जेठ १३ देखि १५ गते (तिन दिन) सम्म इमाडोल स्थित बलपार्क इन्डोर क्रिकेटमा उक्त क्रिकेट लिग आयोजना गरेको थियो । उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलीले सहभागिता जनाएका थिए । बैंकले जेठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको छ ।

लिगमा उत्कृष्ट फिल्डर आईसीएफसी फाइनान्सका सुरज तिमिल्सिना, उत्कृष्ट विकेट –किपर मुक्तिनाथ विकास बैंकका मनिष सिंह, उत्कृष्ट बलर महालक्ष्मी विकास बैंकका सागर गुप्ता, उत्कृष्ट ब्याट्सम्यान कामना सेवा विकास बैंकका हेमन्त कुमार श्रीवास्ताव, उत्कृष्ट खेलाडी प्राइम बैंकका क्रितार्थ शाक्य लगायत ३२ खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई म्यान अफ दि म्याचको ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको छ । राष्ट्र बैंकका डेपुटी गर्भनर मिश्रको प्रमुख आतिथ्यतामा सोमबार काठमाडौंमा आयोजित कर्यक्रममा विजेताहरुलाई प्रमाणपत्र वितरण गरिएको हो ।

उक्त कार्यक्रममा बोल्दै डेपुटी गर्भनर मिश्रले यस क्रिकेट लिग लगायत अन्य सामुहिक खेलले बैंक तथा वित्तीय संस्थाहरु बीच भाइचारा, आत्मियता, सद्धभाव, मित्रता बढाउन थप सहयोग पुग्े बताए । उनले यस्ता कार्यक्रमले कर्मचारीहरुलाई बैंकिङ गतिविधिमा मात्रै सीमित नराखि उनीहरुलाई मनोञ्जन प्रदान गर्न र उत्पादनशीलतामा वृद्धि गर्न मद्दत पुग्ने धारणा राखे ।

महालक्ष्मी विकास बैंक लिमिटेडका अध्यक्ष राजेश उपाध्यायले खेलमा हार र जित स्वभाविक प्रक्रिया रहेको र यस्ता खेलहरुले कर्मचारीहरुमा समुह निर्माण गर्न, समुहमा नेतृत्वदायी भुमिका निर्वाह गर्न, कार्यकुशलतामा अभिवृद्धि गर्न मद्दत पु¥याउने हुदा समयसमयमा यस्ता गतिविधि सञ्चालन गर्नु जरुरी रहेको बताए ।

बैंकले २८ औं वर्षमा प्रवेश गरेको अवसरमा ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच सारा नेपाली जनतामा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।