किसान लघुवित्तको सेयरमूल्य समायोजन

0
Shares

किसान लघुवित्त वित्तीय संस्थाको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार सेयरमूल्य समायोजन भएको छ ।

नेप्सेले जेठ २० गते लघुवित्तको २० प्रतिशत बोनस सेयर समायोजन गरी नयाँ मूल्य तोकेको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले शुक्रबार बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरेको हो ।

बोनस समायोजनपछि लघुवित्तको समायोजित सेयरमूल्य प्रतिकित्ता १ हजार ८ रुपैयाँ ३३ पैसा निर्धारण भएको छ । नेप्सेले अघिल्लो कारोबार दिन बिहीबारको अन्तिम मूल्यका आधारमा लघुवित्तको सेयरमूल्य समायोजन गरेको हो । बिहीबार लघुवित्तको सेयर प्रतिकित्ता १ हजार २१० रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।

यससँगै समायोजित सेयरमूल्यलाई आधार मानेर शुक्रबार नेप्सेमा लघुवित्तको सेयर कारोबार सुचारु हुनेछ ।

लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले जेठ २८ गते तेस्रो वार्षिक साधारण सभा डाकेको छ । सभा धनगढी उपमहानगरपालिका २, धनगढी, कैलालीमा बिहान ११ बजे बोलाइएको छ ।

उक्त सभाले मर्जर तथा एक्विजिशन र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, केन्द्रीय कार्यालय स्थानान्तरण, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २० जेष्ठ २०७९, शुक्रबार  १० : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।