चितवनको पहाडी क्षेत्र उपरदाङ्गढीमा टेलिकमको टावर, नेटवर्क समस्याको समाधान


चितवन । चितवनको पुरानो सदरमुकाम उपरदाङ्गढीमा नेपाल टेलिकमले टावर जडान गरेको छ । टावर नहुँदा त्यस क्षेत्रमा फोन नलाग्ने, इन्टरनेट नचल्ने समस्या बर्षौदेखि झैल्दै आएका स्थानीयवासी टावर जडान भएपछि सेवा सहज भएको महसुस गरेका छन् ।

स्थानीयको पहल र नेपाल टेलिकमको प्राविधिक टोलीको सक्रियतामा उपरदाङ्गढीमा नेटवर्क सेवा सुचारु भएको हो । टेलिकम भरतपुरका प्रमुख राकेश चौधरीले सो क्षेत्रमा टेलिकमको नेटवर्क कमजोर भएकाले टावर निर्माण गरिएको बताए । पर्यटकीय गन्तव्यका हिसाबले महत्त्वपूर्ण क्षेत्र भएकाले टेलिकमले प्राथमिकता दिएको उनको भनाइ छ ।

नेपाल टेलिकम भरतपुरका कर्मचारी सुरेश अधिकारीका अनुसार छिट्टै भरतपुरकै चौकीडाँडामा समेत अर्को टावर जडान भैसकेको र छिट्टै सञ्चालनमा आउने बताए । त्यससँगै जिल्लाका विकट पहाडी क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क पुग्ने उनले जानकारी दिए ।

प्रकाशित मिति: २३ कार्तिक २०८३, सोमबार  १३ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।