‘नाडा अटो एक्स्पो २०२२’ को रजिष्ट्रेशन जेठ २६ गतेदेखि खोलिँंदै, भदौ ७ देखि एक्स्पो हुने

0
Shares

नाडा अटोमोवाइल्स एशोशिएसन अफ नेपालले आगामी भदौ ७ देखि १२ गतेसम्म गर्ने भएको छ ।

सवारी साधन, पार्ट पुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको एक मात्र भव्य प्रदर्शनी “नाडा अटो एक्स्पो २०२२” काठमाडौंको भृकुुुुटी मण्डप आयोजना गरिने भएको हो ।

प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीको जेठ २६ गते देखि ३० गतेसम्म स्टल बुकिङ्गका लागि रजिष्ट्रेशन खुल्ला गरिने भएको छ । सीमित ठाउँ तर प्रदर्शनी सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा अत्याधिक माग भएकाले यस वर्ष पनि गोलाप्रथाद्वारा नै स्टल उपलब्ध गराइने नाडा अटो एक्स्पो समितिका सभापति अनुपकुमार बरालले जानकारी दिए ।

प्रदर्शनीमा २–पाङग्रे, ४–पाङग्रे, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुलाई समुह अनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।

विगतका संस्करणहरुमा उल्लेखिय रुपमा सोधपुछ भएकाले यस वर्ष देखि कमर्शियल भेहिकलहरुलाई पनि सम्मिलित गर्ने उदेश्यले कमर्शियल भेहिकलहरुको सहभागिताका लागि समेत स्टल बुकिङ रजिष्ट्रेशन आह्वान गरिएको छ ।

कोभिड संक्रमण न्यून हुँदै जाँदा सुस्त रुपमा गतिलिन थालेको नेपाली अर्थतन्त्र पुनः सुस्ताई रहेको अवस्थामा यस नाडा अटो एक्स्पो २०२२ ले केही हदसम्म उद्योगी, व्यापारी एंव उद्यमीहरू माझ अनुकुल व्यवसायिक वातावरणको सम्भावनालाई प्रस्तुत गर्दै नँया उर्जा थप्न सक्ने आयोजकको विश्वास रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।