क्लब भिक्ट्रीमा भीषण आगलागी

0
Shares

काठमाडौंको दरबारमार्गमा रहेको क्लब भिक्ट्रीमा आइतबार साँझ भीषण आगलागी भएको छ । आगो लाग्नुको कारण भने अहिलेसम्म पत्ता लागेको छैन ।

काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको दमकलबाट आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ । यद्यपी आगलागी भीषण रहेका कारणले नियन्त्रणमा आउन सकेको छैन।