बेलायतमा मूल्यवृद्धिको प्रत्यक्ष असर उद्योग तथा व्यवसायमा

0
Shares

मे महिनामा बेलायतका उद्योग, व्यवसायहरुको आर्थिक वृद्धि दर सन् २०२१ को भन्दा पनि कमजोर अवस्थामा पुगेको छ । ५६ वर्ष यताकै उच्च भएको मुद्रास्फीतिका कारण निर्माण तथा सेवा प्रदान गर्ने उद्योगहरुको आर्थिक वृद्धि दर कम हुन पुगेको हो ।

एस एन्ड पी ग्लोबल तथा पर्चेसिङ म्यानेजर्स सूचांक मे महिनामा ५३.१ पुगेको छ । अप्रिल महिनामा ५८.२ रहेको सूचांक मे महिनामा घटेर ५३.१ पुगेको हो । यस प्रकारको मासिक गिरावट सन् १९९६ यताकै पहिलो गिरावट हो ।

मे महिनाको तथ्यांकले आर्थिक वृद्धि सुस्त मात्रै जनाएको छैन, यसले उत्पादनको इन्पुट तथा आउटपुट खर्चमा वृद्धि र कच्चा पदार्थको असर कसरी उद्योगमा परेको प्रस्ट देखाएको एस एन्ड पी ग्लोबल मार्केट एन्टेलिजेन्सका अर्थशास्त्री टिम मूरले बताएका छन् ।

उपभोक्ताहरु मे महिनामा मनोरञ्जन लिन यात्रा गर्ने तथा विभिन्न ठाउँहरुमा घुमेका कारण पर्यटकीय क्षेत्रमा केही वृद्धि देखिएको तर कोभिड–१९ भन्दा पहिलेको आर्थिक वृद्धि दर हासिल गर्न समय लाग्ने उनले बताएका छन् ।

यसैगरी चीनमा विद्यमान कोभिड संक्रमण र श्रम बजार कसिलो बन्दै जाँदा मूल्यवृद्धि थप बढ्दै जानेमा बैंक अफ इङ्गल्यान्डले चिन्ता ब्यक्त गरेको छ ।

गत महिना बेलायतका अर्थमन्त्री ऋषि सुनाकले मुद्रास्फीतिबाट मर्कामा परेका नागरिकलाई राहत प्याकेज दिने बताएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।