भारतले बढायो पेट्रोलियम पदार्थको निर्यातकर, सुनको आयातकरमा पनि वृद्धि

0
Shares

भारतले पेट्रोल, डिजेल, हवाइ इन्धन लगायतका इन्धनहरुको निर्यातकर वृद्धि गरेको छ । भारतले आजदेखि लागु हुने गरी पेट्रोलको निर्यातकरमा प्रति लिटर ५ रुपैँया, डिजेलमा १२ रुपैँया र हवाइ इन्धनमा ६ रुपैयाँ वृद्धि गरेको हो । यसैगरी सुनको आयातकर ५ प्रतिशतले बढाएको छ ।

मुद्रास्फीतिका कारण इन्धनको मूल्य उच्च हुँदै गएपछि आन्तरिक खपत बढाउन र स्वदेशी बजारमा इन्धनको उपलब्धता बढाउन भारत सरकारले उक्त निर्णय लिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

विश्वव्यापी रुपमा व्याप्त इन्धनको अभावलाई सम्बोधन गर्न भारतले लिएको उक्त निर्णय भारतीय नागरिकहरुको पक्षमा सकरात्मक देखिएता पनि नेपाली जनताको लागि दुखद रहेको छ । नेपाल पेट्रोलियम पदार्थको लागि भारतमा आश्रीत छ । भारतले इन्धनमा निर्यातकर बढाएसँगै नेपालमा पनि इन्धनको मूल्य बढेर आउने सम्भावना उत्पन्न भएको छ ।

यसैगरी भारतले सुनको आयातकरमा ५ प्रतिशत बढाएको छ । ७.५ प्रतिशत रहेको सुनको आयातकर ५ प्रतिशतले वृद्धि भई १२.५ प्रतिशत कायम भएको छ । पछिल्लो तथ्यांक अनुसार भारतले सन् २०२१ मा १०५० टन बुलियन सुन आयात गरेको छ जबकी सन् २०२० मा ४३० टन आयात गरेको थियो ।

भारत सरकारले चुलिँदै गएको व्यापार घाटा कम गर्ने उद्देश्यले विलासी सममाग्रीको आयातकर वृद्धि गरेको भारतीय सञ्चार माधयमले जनाएका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।