टेस्लाले अपेक्षा गरे अनुसारको उत्पादन गर्न सकेन

0
Shares

चीनमा कोभिड–१९ संक्रमण फैलिएसँगै मुख्य शहरहरुमा तालाबन्दी गरिएको थियो । मुख्य औद्योगिक शहर साङ्घाईमा लकडाउन हुँदा टेस्ला लगायतका कम्पनीहरुले उत्पादन बन्द गरेका थिए । जसकारण सन् २०२२ को दोस्रो त्रैमासमा विद्युतीय कार निर्माता कम्पनीले टेस्ला अपेक्षा गरे अनुरुप उत्पादन गर्न सकेको छैन ।

यसका साथै टेस्लाले विद्युतीय कारको माग बराबरको आपूर्ति गर्न सकेको छैन । चीनमा भएको लकडाउन, आपूर्ति श्रृङ्खला अवरोध, कच्चा पदार्थको अभाव र मूल्यवृद्धि जस्ता कारण बताउँदै टेस्लाले उत्पादन तथा कारहरुको आपूर्ति गर्न नसकेको जनाएको हो ।

टेस्लाले अप्रिल देखि जुन महिनाको अवधिमा २ लाख ५४ हजार ६ सय ९५ कारहरु डेलिभर गर्न सकेको छ भने यस अघिको त्रैमासमा ३ लाख १० हजार ४८ सवारी साधन बिक्री गरेको थियो । चीनमा भएको लकडाउन र विश्वव्यापी रुपमा अकाशिएको मुद्रास्फीतिको सामना गर्न टेस्लाले १० प्रतिशतको सङ्ख्यामा कर्मचारी कटौति गर्ने जानकारी दिएको थियो ।

चीनमा कोभिड–१९का कारण प्रताडीत भएको टेस्लाका बर्लिन र टेक्सास अवस्थित फ्याक्ट्रीहरुमा पनि कच्चा पदार्थको संकट र आपूर्ति श्रृङ्खला अवरुद्ध हुँदा कारहरुको उत्पादन अनुमान गरे बमोजिम हुन सकेको छैन ।

यसैगरी विभिन्न समयमा टेस्लाका प्रमुख कार्यकारी अधिकृत, एलन मक्सले दिएका अभिव्यक्तिका कारण एक वर्षमा टेस्लाको सेयर ३५ प्रतिशतले घट्न पुगेको छ । विशेषगरी एलनले सामाजिक सञ्जाल ट्वीटर ४४ अर्ब डलरमा खरिद गर्ने भनेपछि टेस्लाको सेयर घटेको थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।