कारोबार लुकाउने अलिबाबा, टेन्सेन्ट लगायतका टेक कम्पनीलाई जरिवाना

0
Shares

चिनियाँ बजार नियामक संस्थाले अलिबाबा, टेन्सेन्ट लगायतका प्राविधिक कम्पनीहरुलाई जरिवाना गरेको छ ।

नियामक संस्थाले कम्पनीहरुले आफूले गरेका कारोबारको विवरण खुलासा नगरेको र एन्टी–मोनापोली नियमको उल्लङ्घन गरेको आरोपमा सजाय गरेको हो ।

स्टेट एडमिनिस्ट्रेस्न फर मार्केट रेगुलेशन (एसएएमआर)ले कारोबार नखुलेका र नियम उल्लङ्घन गरेका २८ सूची सार्वजनिक गरेको छ ।

जसमध्ये ५ वटासूची अलिबाबाले गरेका कारोबारहरु रहेका छन् । सन् २०२१ मा अलिबाबाले आफ्नो सब्सीडियरी कम्पनी युकु टुडुको सेयर किनेको कारोबार खुलासा नभएको सूचीमा उल्लेखीत छ ।

यसैगरी एसएएमआरले साझा गरेको सूचीमा टेन्सेन्टका १२ वटा कारोबारहरु रहेका छन् । जरिवाना बारे अलिबाबा, टेन्सेन्ट लगायतका अन्य कम्पनी चुपचाप रहेका छन् ।

एन्टी मोनोपोली कानुन उल्लङ्घन गरेमा उच्चतम ५ लाख युहान अर्थात् ७४ हजार ६ सय ८८ डलर जरिवाना हुने व्यवस्था छ । कुन कम्पनीलाई कति जरिवाना गर्ने भन्ने विषयमा नियामक संस्थाले खुलस्त व्याख्या गरेको छैन ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।