सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच मर्जरमा जाने सहमति

0
Shares


सिद्धार्थ इन्स्योरेन्स कम्पनी र प्रिमियर इन्स्योरेन्स कम्पनीबीच सोमबार मर्जरमा जाने सहमति भएको भएको छ ।

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच सहमति भएसँगै निर्जीवन बीमा क्षेत्रमा यो दोस्रो मर्जर हुनेछ । यसअघि हिमालयन र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर सहमति भएको थियो । दुई कम्पनीले आगामी साउन १ गतेदेखि एकीकृत कारोबार गर्दैछन् ।

सोमबार साँझ मर्जर गर्ने सहमति पत्रमा हस्ताक्षर भएको हो । अब दुई कम्पनीको डिडिए गरेर स्वाप अनुपात तय हुनेछ ।

सिद्धार्थको चुक्ता पूँजी १ अर्ब २८ करोड छ भने प्रिमियरको १ अर्ब २२ करोड रहेको छ । यदि दुई कम्पनी एक बराबर एक स्वाप अनुपातमा  मर्जर भएमा चुक्ता पूँजी २ अर्ब ५० करोड पुग्नेछ ।

बीमा समितिले पछिल्लो समय निर्देशन गरे अनुसार निर्जीवन बीमा कम्पनीहरुले न्युनतम चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनु पर्नेछ । स्वाप रेसियो डिडिए पछि मात्रै तय हुने बताइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।