मौद्रिक नीति शुक्रबार सार्वजनिक हुने, मनि सप्लाई घटाउने गरी आउने

0
Shares


नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आगामी शुक्रबार ल्याउने भएको छ । साउनको पहिलो साताको सुरुवातीमै ल्याउने भनिएको मौद्रिक नीति राजनीतिक दाउपेचका कारण शुक्रबार आउने भएको हो ।

अर्थमन्त्रीले बजेट निमार्णका क्रममा अनाधिृत व्यक्ति सहभागी गरी करका दर परिवर्तन गरेको तथा सीसीटीभी फुटेज डिलिट गरेको अरोप लागेपछि संसदीय समितिले छानविन सुरु गरेको छ । सोही छानवीका कारण अर्थ सचिव मधु कुमार मरासीनीले समय निकाल्न नसक्दा साउन महिनाको पहिलो साताको सुरुवातीमा ल्याउने भनिएपनि नसकिको नेपाल राष्ट्र बैंक स्रोतले जानकारी दियो ।

“मौद्रिक नीतिको सन्दर्भमा राष्ट्र बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने अर्थ सचिव मधुकुमार मरासीनी पनि सोही समितिका लागि समय दिनुपर्ने भएकाले केही ढिला हुन गएको हो,” राष्ट्र बैंक स्रोतले भन्यो,“अहिले शुक्रबार मौद्रिक नीति ल्याउने गरी गृहकार्यमा लागेका छौ ।” सबै क्षेत्रले अर्थतन्त्रको अवस्था बुझेको हुनाले आवश्यकता अनुसारको मौद्रिक नीति आउनुपर्ने सुझाएको हुनाले पनि चालु आवका लागि कसिलो नीति अबलम्बन गर्नु आवश्यक रहेको समेत स्रोतले जानकारी दियो । त्यसका लागि केन्द्रीय बैंकले मनि सप्लाइलाई नियन्त्रण गर्ने तथा अनुत्पादक क्षेत्रको कर्जा निरुत्साहित हुने गरी नीतिको तयारी भैरहेको स्रोतले जानकारी दियो ।

साउनको पहिलो साताको सुरुवाती मै मौद्रिक नीति ल्याउने बताउँदै आएका गभर्नरलाई पनि राजनीतिक आलोचनामा तानेपछि गभर्नरले हतार नगरेको देखिन्छ। त्यतीमात्र नभई गभर्नरको राजीनामाको माग गर्दै केही समुहले सडक प्रदर्शन गर्दै आएको छ । अर्थमन्त्री वीवादमा परेपछि गभर्नर तर्फ पनि राजनीति आक्रमण सुरु भएपछि मौद्रिक नीति चेपुवामा परेको हो । गभर्नर अधिकारीले भने अहिले आर्थतन्त्रका आवश्यक अनुसारको मौद्रिक नीति आउने बताउँदै आएका छन्।

अहिलेको अर्थतन्त्र अनुसारको मौद्रिक नीति ल्याउन केन्द्रीय बैंकले मनि सप्लाई कम गर्ने नीति लिनु पर्छ । त्यसका साथै अनुत्पादक क्षेत्रको कर्जालाई नियन्त्रण गर्ने र ब्याजदर बढाएर उपभोगमा नियन्त्रण गरी मूल्य वृद्धि कन्ट्रोल गर्नु पर्नेछ । केन्द्रीय बैंकले आगामी मौद्रिक नीति मार्फत विगतमा बैंकिङ क्षेत्रलाइ दिँदै आएको सेवा सुविधामा समेत कटौति गरी कर्जा विस्तार नियन्त्रण हुने खालको नीति लिने स्पष्ट छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।