२० अर्ब ३३ करोड प्रत्यक्ष वैदेशिक सहित उद्योगमा तीन महिनामा करिब ७७ अर्ब रुपैयाँ प्रतिबद्धता

0
Shares

मुलुकको अर्थतन्त्रले आन्तरिक तथा बाह्य चुनौती भोगिरहेको बेला उद्योगमा भने उत्साहजनक रूपमा लगानी प्रतिबद्धता थपिएको छ।

उद्योग विभागबाट बैशाख यताका तीन महिनामा २० अर्ब ३३ करोड प्रत्यक्ष वैदेशिक लगानी करिब ७७ अर्ब रुपैयाँ लगानी प्रस्तावलाई स्वीकृत भएको छ । प्रस्तावित लगानीमध्ये २० अर्ब ३३ करोड प्रत्यक्ष वैदेशिक लगानी र करिब ५७ अर्ब रुपैयाँ बराबरको स्वदेशी लगानी नै थप भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७।७८ को वैशाखदेखि असारसम्म १७ अर्बमात्र लगानी थपिएको थियो ।  बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाह हुन नसकी अर्थतन्त्रको विस्तार नै ठप्प भइरहेको छ । तर पछिल्लो तीन महिनामा उद्योगमा थपिएको लगानीले उद्योगी व्यवसायीमा भने निराशा नदेखिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।