श्वेत गंगा हाइड्रोको आईपीओ बुधबार बाँडफाँड हुने

0
Shares

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साउन ४ गतेदेखि निष्कासन गरेको आईपीआ बुधबार बाँडफाँड हुने भएको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडका अनुसार बुधबार बिहान ९ बजे क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड हुने भएको हो ।

कम्पनीले साउन ४ देखि ८ गतेसम्म प्रतिसेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता साधारण सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ बिक्री गरिसकेको थियो ।

कुल जारी २३ लाख ८९ हजार ५०० कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । २२ लाख ७० हजार २५ कित्ता सर्वसाधारण लागि बाँडफाँड हुनेछ ।

उक्त आईपीओ २ लाख २७ हजार २ जनाले १० कित्ताका दरले पाउँनेछन । कम्पनीको आईपीओ १६ लाख बढीले आवेदन गरेका छन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: १७ श्रावण २०७९, मंगलबार  १८ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।