चन्द्रागिरी हिल्स साढे २ करोड नाफामाः प्रतिसेयर आम्दानी १.६७ रुपैयाँ मात्रै

0
Shares

चन्द्रागिरी हिल्स लिमिटेड (CGH) गत आर्थिक वर्षकाे चौथो त्रैमाससम्ममा साढे २ करोड खुद नाफामा पुगेको छ ।

कोरोना प्रभावका कारण सुस्त बनेको पर्यटकहरुको आगमन तथा पछिल्लो समय भालेश्वर मन्दिरमा पर्यटकीय गतिविधि बढेसँगै चन्द्रागिरी भ्रमण गर्नेहरुको संख्या उल्लेख्य बढेको छ । यसले कम्पनीको नोक्सानी घटेर नाफामा पुगेको हो ।

कम्पनीले गत आव २०७८।७९ को चौथो त्रैमाससम्ममा २ करोड ५५ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

अघिल्लो आवमा कम्पनीले २७ करोड २६ लाख ९२ हजार रुपैयाँ खूद घाटा ब्यहोरेको थियो । अघिल्लो वर्ष २२ करोड १९ लाखमा सीमित कम्पनीको सञ्चालन आम्दानी गत आवमा ६६ करोड ९८ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी भने घटेको छ । अघिल्लो आवको असार मसान्तमा ७४ लाख ६६ हजार रुपैयाँ रहेको यस्तो आम्दानी घटेर ५७ लाख ४३ हजार रुपैयाँमा संकुचित बनेको हो ।

कम्पनीको नोक्सानी सकिएसँगै वार्षिक प्रतिसेयर आम्दानी १.६७ रुपैयाँ कायम गरेको छ । अघिल्लो आवमा १७.७८ रुपैयाँ ऋणात्मक इपिएस रहेको कम्पनीको आम्दानी बढेसँगै कम्पनीको इपिएस धनात्मक बनेको हो ।

चुक्ता पूँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ रहेको छ । यस्तै कम्पनीको जगेडा कोष भने ३९ करोड ४४ लाख रुपैयाँल ऋणात्मक छ । आर्थिक वर्ष २०७८।७९ मा कम्पनीको प्रतिसेयर नेटवर्थ ७४.२९ रुपैयाँ रहेको छ भने धितोपत्रको दोस्रो बजार मूल्य आइतबार ११४९ रुपैयाँ तथा मूल्य आम्दानी अनुपात ६२९.७१ गुणा रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको ग्रस इनकम ५६ करोड २५ लाख रहेको छ । अघिल्लो वर्ष १८ करोड ९१ लाख रुपैयाँ थियो । कम्पनीको ऋण पूँजीको अनुपात २.०७ प्रतिशत र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २३४.७७ रुपैयाँ छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: २२ श्रावण २०७९, आइतबार  १२ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।