अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा २५ गुणा बढी आवेदन परेको छ ।
सीडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी) का अनुसार कम्पनीको आईपीओमा २५.३० गुणा बढी आवेदन परेको हो ।
साउन २२ गते आइतबार साँझ ५ बजेसम्म २० लाख ४३ हजार २० वटा आवेदन परेको छ ।
उक्त संख्याबाट २ अर्ब ३१ करोड १६ लाख १९ हजार रुपैयाँ बराबरको २ करोड ३१ लाख १६ हजार १९० कित्ता आईपीओ खरिदका लागि माग परेको हो ।
कम्पनीले साउन १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि ९ लाख १३ हजार ७५० कित्ता निष्कासन गरेको हो । लघुवित्तले निष्काशन गरेको कुल ९ लाख ७५ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । सर्वसाधारणबाट ९ लाख १३ हजार ७५० कित्ता सेयर खरिदका लागि आवेदन मागिएको थियो ।
आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले लघुवित्तलाई इक्राएनपि इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
हाल लघुवित्तको चुक्ता पूँजी १५ करोड २५ लाख रुपैयाँ छ । आईपीओ बाँडफाँडपश्चात लघुवित्तको चुक्ता पूँजी २५ करोड रुपैयाँ पुग्नेछ ।
लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया