हिमालयन हाइड्रोपावर कम्पनीको आईपीओ सोमबार पहिलो कारोबार प्रतिकित्ता २२८ रुपैयाँमा खुला भएको छ ।
नेप्सेले कम्पनीको पहलिो कारोबारका लागि न्यूनतम ७६ रुपैयाँ ३३ पैसादेखि अधिकतम २२८ रुपैयाँ ९९ पैसासम्मको ओपनिङ रेन्ज तोकेको थियो । सोही रेन्जभित्र रहेर पहिलो कारोबार भएको हो ।
सोमबारको स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीको कम्पनीको १० कित्ता सेयर २२८ रुपैयाँमा कारोबार भएपछि धितोपत्रको दोस्रो बजारमा नियमित समयमा कम्पनीको सेयर कारोबार सुचारु भएको हो ।
सोमबार कारोबारको २० मिनेट अवधिमा नै कम्पनीको सेयरमूल्य १० प्रतिशत अर्थात २२.८० रुपैयाँ बढेर २५० रुपैयाँ ८० पैसा पुगेको छ । यस अवधिमा कम्पनीको ४२० कित्ता सेयर १ लाख ३ हजार २३५ रुपैयाँमा खरिद बिक्री भएका छन् ।
हिमालयनले शुक्रबार चुक्ता पुँजीका आधारका कायम १ करोड ९ लाख ५० हजार कित्ता सेयर शुक्रबार नेप्सेमा सूचीकरण गरेको थियो । आइतबार स्पेशल प्रि ओपन सेसनमा अर्डर म्याचिङ्ग हुन नसकेपछि सोमबार मात्र कम्पनीको धितोपत्रको कारोबारमा आएको हो ।
कम्पनीको सेयर ‘एचएचएल’ संकेतमा कारोबार खुला भएको छ ।
नेप्सेको टिएमएसमा कम्पनीकोसेयर सर्किट मूल्यमा ५५४ वटा आदेश मार्फत १ लाख ६० हजार ७८७ कित्ता माग छ । आजैमात्र कम्पनीको सेयर कारोबार खुलेकाले मूल्य थप बढ्ने आशामा बिक्रीतर्फ भने लगानीकर्ताको कुनैपनि बिक्री आदेश देखिन्न ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया