नागरिक लगानी कोषको सेयरमूल्य २२१४ रुपैयाँ निर्धारण

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नागरिक लगानी कोषको सेयरमूल्य प्रतिकित्ता २२१४ रुपैयाँ ६२ पैसा निर्धारण गरेको छ ।

कोषको ३० प्रतिशत बोनस सेयर समायोजनपछि नेप्सेले उक्त बोनस समायोजन गरी नयाँ मूल्य तोकेको हो । मंगलबार कोषको सेयर अन्तिम पटक २८७९ रुपैयाँमा कारोबार भएको थियो । अन्तिम मूल्यलाई आधार मानेर नेप्सेले ३० प्रतिशत बोनस समायोजन गरी नयाँ मूल्य तोकेको हो ।

कोषले लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि साउन २५ गते बुधबार बुकक्लोज तोकेको हो । आज बुकक्लोज तोकेसँगै मंगलबारको अन्तिम मूल्यका आधारमा नेप्सेले बोनस समायोजन गरेको हो ।

बुधबार कोषको सेयर समायोजित मूल्यलाई आधार मानेर खुला हुनेछ । समायोपजत मूल्यमा सेयर खरिद गर्ने लगानीकर्ताले बोनस र साधारण सभामा भाग लिन पाउँदैनन् ।

लाभांश पारित गर्न कोषले भदौ ६ गते कोषको नयाँ भवन नयाँबानेश्वरमा दिउँसो ३ बजे २७ औं वार्षिक साधारण सभा डाकेको छ । २७ औं वार्षिक साधारण सभाले कोषको आर्थिक वर्ष २०७७।७८ को आम्दानी बाँडफाँड हिसाब विवरणमा छुट्याइएको प्रस्तावित ३० प्रतिशत बोनस सेयर र १.५७८९ प्रतिशत नगद लाभांश (बोनस सेयरको कर प्रयोजनका लागि) स्वीकृत गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: २५ श्रावण २०७९, बुधबार  ०९ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।