डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा गत आर्थिक वर्ष २०७८।७९ को चौथो त्रैमाससम्म १२.१२ प्रतिशतले घटेको छ ।
गत आवमा कम्पनीले ५७ करोड ४० लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको यहि अवधिमा लघुवित्तले ६५ करोड ३१ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको सञ्चालन नाफा घटेपछि खुद नाफा पनि घटेको हो ।
कम्पनीको वितरणयोग्य मुनाफा ४१ करोड ७२ लाख ५८ हजार छ ।
गत आवमा कम्पनीको सञ्चालन नाफा १७.३२ प्रतिशत घटेर ८१ करोड ९९ लाख ३८ हजार छ । खुद ब्याज आम्दानी ३.४५ प्रतिशत बढाएर कम्पनीले १ अर्ब ३८ करोड ५३ लाख आम्दानी गरेको थियो ।
चुक्ता पुँजी १ अर्ब १५ करोड ६२ लाख ४८ हजार रुपैयाँ स्थीर रहेको लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी ६.८४ रुपैयाँ घटेर ४९.६५ मा झरेको छ । लघुवित्त संस्थाले गत आवमा जगेडा कोष १४.८४ प्रतिशत वृद्धि गर्दै ९२ करोड ६१ लाख ७७ हजार रुपैयाँ सञ्चित राखेको छ ।
यस्तै सेयरधनी कोष पनि ७०.६१ प्रतिशत बढेर १ अर्बभन्दा धेरै पुगेको छ ।
लघुवित्तको निक्षेप संकलन र कर्जा लगानी दुबैमा सुधार भएको छ । असार मसान्तसम्म लघुवित्तले ७ अर्ब ९७ करोड २ लाख रुपैयाँ निक्षेप संकलन तथा ७ अर्ब ९६ करोड ११ लाख रुपैयाँ सापटी लिएर १८ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा लघुवित्तको कर्जा १७.८९, निक्षेप संकलन २१.८६ प्रतिशत र सापटी २.२८ प्रतिशतले बढेको हो ।
लघुवित्त कम्पनीको खराब कर्जा अनुपात १.०३ प्रतिशत, प्रतिसेयर नेटवर्थ २६७.१९ रुपैयाँ, कस्ट अफ फण्ड ८.१३ प्रतिशत र मूल्य आम्दानी अनुपात १८.९३ गुणा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया