ङादी ग्रुप पावर लिमिटेडको खुद नाफा गत आर्थिक वर्ष २०७८।७९ को चौथो त्रैमाससम्ममा अघिल्लो आवको सोही अवधिको तुलनामा ३५.१९ प्रतिशत घटेको छ ।
कम्पनीले गत आवमा ७ करोड ६१ लाख ४५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको खुद नाफा ११ करोड ७४ लाख ८८ हजार रुपैयाँ थियो ।
बिद्युत बिक्री आय बढेको भएपनि कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी घटेर खर्च बढ्दा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा घटेको हो ।
अपरिष्कृत वित्तीय विवरण अनुसार गत असार मसान्तसम्ममा कम्पनीको बिक्री आम्दानी ४४.४५ प्रतिशत बढेर १२ करोड ७५ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।कम्पनीको गैर सञ्चालन आम्दानी समीक्षा अवधिमा ३२.४९ प्रतिशत घटेर ८ करोड ८३ लाखमा सीमित भएको छ ।
नाफा घटेपछि कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) ९.१७ रुपैयाँ घटेर १०.७७ रुपैयाँ कायम भएको छ । सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १११.८० रुपैयाँ र मूल्य आम्दानी अनुपात २७.५७ गुणा छ ।
असार मसान्तसम्ममा कम्पनीके चुक्ता पूँजी २० प्रतिशत बढेर ७० करोड ६९ लाख ३२ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोष ३६.३१ प्रतिशत घटेर ८ करोड ३४ लाख ५१ हजार रुपैयाँ सञ्चित छ ।
कम्पनीले साउन १८ गते चुक्ता पुँजीको१५० प्रतिशत हकप्रद बिक्री खुला गरेकोछ । उक्त हकप्रदमा गत असार १९ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका लगानीकर्ताले भदौ ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया