माछापुच्छ्रे बैंकद्वारा नेपाल ‘नाई संघ’ लाई क्युआर कोड हस्तान्तरण

0
Shares

माछापुच्छ्रे बैंकले “नेपाल नाई संघ”लाई क्यु. आर. कोड हस्तान्तरण गरेको छ । देशका हरेक वर्ग र तहका ग्राहकवर्ग माझ डिजिटल सेवाको पहुँच पु-याउने उद्देश्यले बैंक डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै अगाडि बढेकाे छ ।

देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले “नेपाल नाई संघ” लाई क्युआर कोड हस्तान्तरण गरेको हो । देशका विभिन्न स्थानमा रहेका तीन लाख भन्दा बढी सैलुन व्यवसायीहरु लाभान्वित हुने उद्देश्यले बैंकले “नेपाल नाई संघ”लाई क्युआर हस्तान्तरण गरेको हो ।

राजधानीमा मंगलबार आयोजित एक औपचारिक कार्यक्रममा “नेपाल नाई संघ”का अध्यक्ष श्री राजाराम ठाकुर ज्यूलाई बैंकका प्रमुख डिजिटल बैकिङ्ग अधिकारी माधव सुवेदीले क्युआर हस्तान्तरण गरेका हुन् ।

उक्त क्युआर हस्तान्तरणपछि ग्राहकले “नेपाल नाई संघ”मा आबद्ध सैलुन व्यवसायीबाट विभिन्न सेवा लिए वापत लाग्ने शुल्क आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत क्युआर स्क्यान गरि भुक्तानी गर्न सक्नेछन् । नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्यु आर कोडको प्रयोग आम मानिसमा बढ्दै गई रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।