पिपुल्स पावरको आईपीओ बाँडफाँड, २ लाख २९ हजार ४६८ भाग्यशालीले हात पारे

0
Shares

पिपुल्स पावर लिमिटेडले निष्कासन गरेको आईपीओ प्रभु क्यापिटलको कार्यलयमा भर्खरै बाँडफाँड सम्पन्न भएको छ ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको आईपीओ २ लाख २९ हजार ४६८ जना भाग्यशाली आवेदकले प्राप्त गरेका छन् । जुन कुल आवेदकको १४.०७ प्रतिशत मात्र हो । यसको मतलव कम्पनीको सेयरमा आवेदन दिएका एक सय जनामध्ये १४ जनाले मात्र सेयर हात पारेका हुन् । बाँकी ८६ जना आवेदकको हात भने खाली भएको छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार २ लाख २९ हजार ४६८ जनालाई पहिलो चरणमा १० कित्ताका दरले २२ लाख ९४ हजार ६८० कित्ता सेयर बाँडफाँड गरिएको हो । यसरी बाँडफाँड गरी बाँकी रहेको २ कित्ता सेयर गोलाप्रथाबाट सेयर आवेदन गरी १० कित्ता पाएकामध्ये २० कित्ताभन्दा धेरै आवेदन दिनमध्येबाट २ जनालाई पुनः गोलाप्रथा गरी थप १-१ कित्ताका दरले बाँडफाँड गरिएको हो ।

यस आधारमा कम्पनीके आईपीओ २ जनाले ११ कित्ता र २ लाख २९ हजार ४६६ जनाले १० कित्ताका दरले पाएका छन् । बाँडफाँडका लागि योग्य १३ लाख २१ हजार ९४५ जना सहित कुल १४ लाख १ हजार ५७० जनाले सेयर नपाएका हुन् ।

सर्वसाधारणभन्दा माग भएको सेयर संख्याको तुलनामा ८.०५ गुणा बढी आवेदन परेका कारण आईपीओ बाँडफाँड धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम गोलाप्रथाबाट बाँडफाँड गरिएको हो ।

आईपीओमा कुल १६ लाख ३१ हजार ३८ वटा आवेदन मार्फत कुल १ अर्ब ८४ करोड ६८ लाख ७० हजार रुपैयाँ बरारको १ करोड ८४ लाख ६८ हजार ७०० कित्ता सेयर माग भएको थियो । जसमध्ये १५ लाख ५१ हजार ४१३ वटा आवेदनबाट परेको १ करोड ६९ लाख ७० हजार ६२० कित्ता स्वीकृत भएको थियो । विविध कारणबाट ७९ हजार ६२५ वटा आवेदनबाट परेको १५ लाख ५८ हजार ८० कित्ताको माग रद्द भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।