एचआइडीसीएललाई संस्थापक सेयर बिक्री गर्न कठिन, भदौ २० देखि पाँचौं पटक लिलामीमा

0
Shares

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) ले चौथो पटक भदौ २० गतेदेखि पुनः संस्थापक सेयर लिलामी बिक्रीमा ल्याउने भएको छ ।

पहिलो पटकको लिलामीमा न्यूनतम एक करोड कित्ताका कारण बिक्री नभएपछि प्रबन्धपत्र तथा बिनियमावली नै संसोधन गरेर दोस्रो पटक लिलामी खुला गरेको थियो । कम्पनीले दोस्रो पटक खुला गरेको संस्थापक साधारण सेयरसरह बिक्री गर्न पाउनेगरी लिलामी खुला भएको थियो ।

धितोपत्र बोर्डले संस्थापक सेयरलाई सोही वर्गमा राख्नुपर्ने बताएपछि लिलामी आवेदन बन्द हुने अन्तिम समयमा सो चरणरको आवेदन पुरै रद्द गरेर फेरि आवेदन लिनुपर्ने अवस्था आएको थियो । तेस्रो र चौथो चरणमा कम्पनी कुल अवितरित ३ करोड ३० लाख कित्तामध्ये ३० प्रतिशत मात्र सेयर बिक्री गर्न सफल भएको छ । कम्पनीको ७० प्रतिशत संस्थापक सेयर बिक्री हुन झै सकेको छैन । सोही सेयर भदौ २० देखि पाँचौं पटक लिलामी खुला हुन लागेको हो ।

लिलामीमा एक सय रुपैयाँमै बिक्न छाड्यो सेयर

कम्पनीको भदौ २० गतेदेखि खुला हुने २ करोड ३२ लाख ४ हजार ४९५ कित्ता संस्थापक सेयर लिलामीमा असोज ४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । दोस्रो बजारमा अंकित मूल्यभन्दा तल झरेको कम्पनीको उक्त संस्थापक सेयर बिक्री हुन कठिनाई नै देखिन्छ । कम्पनीको संस्थापक सोमबार ९६.५० रुपैयाँमा खरिद बिक्री भैरहेको छ ।

बोलपत्र पेश गर्दा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि लिलाम बढाबढमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । लिलामीमा आवेदन गर्न इच्छुक व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ, पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट लिलामी सेयरमा आवेदन दिन सकिन्छ ।

एचआइडिसीएलको संस्थापक सेयर दोस्रो बजारमा कारोबार

एचआईडिसिएलको सबै आम्दानी स्रोतहरु बढेपछि खुद नाफा अर्ब नजिक

एचआइडीसीएललाई संस्थापक सेयर बेच्न सकसः साउन १५ देखि पुनः लिलामी खुल्ने

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ भाद्र २०७९, सोमबार  ११ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।