लक्ष्मी लघुवित्तको नाफामा सुधार, लाभांशपछि रिजर्भ घट्यो

0
Shares

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। लघुवित्तको नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा ३६.३७ प्रतिशतले बढी हो ।

गत आर्थिक बर्षको यसै अवधिमा संस्थाले २ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । व्यवसायिक गतिविधि बढाएको संस्थाले संचालन नाफा तथा खुद ब्याज आम्दानी लगायतमा सुधार गरेपछि नाफा बढेको हो।

समीक्षा अवधिमा संस्थाले १ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ७८ करोड रुपैयाँ लगानी गरेको छ । संस्थाले असोज मसान्तसम्म १ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ निक्षेप संकलन गरेर २ अर्ब सापटी लिएको छ ।

२७ करोड ८३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको संस्थाको प्रतिशेयर आम्दानी ४५.६६ रुपैयाँ पुगेको छ । संस्थाले गत आर्थिक बर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र ११.३२ प्रतिशत नगद गरी कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

लक्ष्मीको रिजर्भ कोषमा २१ करोड ३ लाख १२ हजार रुपैयाँ छ । जसको खराब कर्जा १.५२ प्रतिशत छ । यस्तै प्रति शेयर नेटवर्थ १७५. रुपैयाँ ५७ पैसा, मूल्य आम्दानी अनुपात १४.२४ गुणा रहेको छ।