तीजको अवसरमा प्रभु क्यापिटलको पिएमएस “प्रभु ऐश्वर्या योजना”मा महिलालाई छूट


प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्र्तगतको प्रोडक्टहरु मध्ये “प्रभु ऐश्वर्या योजना” मा पिएमएस सेवा लिदा एक बर्षका लागि वार्षिक सेवा शुल्क नलाग्ने अफर ल्याएको छ ।

“यो तीजमा प्रभु क्यापिटलको उपहार, एएमसीमा छूटको बहार” भन्ने नारासाथ सुरु हुने यो अफर भदौ १४ गते हरितालिका तीजका दिनदेखि भदौ ३१ सम्म सञ्चालन हुने क्यापिटलले जनाएको छ ।

यो अवधि भित्र यस लगानी व्यवस्थापन सेवामा आबद्व हुने महिलाहरुले एक वर्षका लागि वार्षिक सेवा शुल्क मा १०० प्रतिशत छुट पाउने छन् । यो योजनामा यस अघि क्यापिटलले २ प्रतिशत वार्षिक सेवा शुल्कमा महिलाहरुलाई लगानीका लागि प्रोत्साहन गर्न ५० प्रतिशत छुट दिई १ प्रतिशत मात्र एएमसी लिने गरेको थियो ।

‘महिलाहरुलाई आर्थिक रुपले सबल बनाउनु समाजलाई नै सशक्त बनाउनु हो’ भन्ने अवधारणा अनुसार एक बर्ष अघि तिजकै अवसर पारेर सञ्चालनमा ल्याईएको योजनामा महिला ग्राहकहरुले न्यूनतम ३ लाख रुपैयाँदेखि लगानी व्यवस्थापन सेवा शुरु गर्न सक्छन् ।

क्यापिटलका अनुसार यस योजनामा सलंग्न भएका सेवाग्राहीहरुले अन्य पिएमएसका योजनामा जस्तै दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ईमेल मार्फत पाउने व्यवस्था क्यापिटलले गरेको छ ।

प्रभु क्यापिटलको डिजिटल एप मार्फत पनि यो योजनामा सहभागी हुनसक्ने तथा आफ्नो पोर्टफोलियो हेर्न सक्ने सुविधा शुरु गरिएको क्यापिटलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।