आशा लघुवित्तको खुद नाफा र रिजर्भ कोषमा देखियो उल्लेखीय सुधार

0
Shares

आशा लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासमा करिब एक करोड रुपैयाँ खुद नाफा कमाएको विवरण सार्वजनिक गरेको छ ।

लघुवित्तको खुद नाफा गत आर्थिक बर्षको यसै अवधिको तुलनामा २६६.६८ प्रतिशतले बढेर ९८ लाख १६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा लघुवित्तले २६ लाख ७७ हजार खुद मुनाफा आर्जन गरेको थियो।

असोज मसान्तसम्ममा लघुवित्तको सञ्चालन मुनाफा ६० लाख ४ हजारमा छ । लघुवित्तले नोक्सानी व्यवस्थामा एक करोड ७८ लाख छुट्याएको छ।

असोज मसान्तसम्ममा ५६ करोड ९० लाख ६१ हजार रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले १ अर्ब २४ करोड ५५ लाख बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएको छ भने २ अर्ब ४ करोड ४६ लाख ३४ हजार कर्जा प्रवाह गरेको छ। यस अवधिमा लघुवित्तले ३ करोड ९२ लाख ८ हजार खुद ब्याज आम्दानी गरेको छ।

आशा लघुवित्तको गत कात्तिक ७ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १२ प्रतिशत बोनस र ०.६३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ । कम्पनीले बोनस शेयर वितरण पश्चात कायम हुने रकमलाई समेत पूँजीकृत गरेर रिपोर्ट सार्वजनिक गरेको छ ।

गत आर्थिक बर्षको बोनसपछि चुक्ता पूँजी २३ करोड २२ लाख ८८ हजार रुपैयाँ रहेको लघुवित्तको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९० पैसा र प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ९७ पैसा छ । लघुवित्तको रिभर्जकोष समेत २७ लाख ५४ हजार रुपैयाँ बाट बढेर ४ करोड ६४ लाख ३ हजार रुपैयाँ पुगेको छ । लघुवित्तको निष्कृय कर्जा अनुपात २.५४ प्रतिशत छ।