प्रिपेड कार्डबाट बेटिङ तथा अनलाइन ग्याम्बलिङ सहित १८ प्रकारका भुक्तानीमा रोक

0
Shares

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको प्रिपेड कार्डको भुक्तानीमा कडाई गरेको छ ।

केन्द्रीय बैंकले अनावश्यक वस्तु तथा सेवाका लागि विदेशी मुद्राको खर्च नगर्नका लागि प्रिपेड कार्ड मार्फतको भुक्तानीमा कडाइ गरेको हो ।

केन्द्रीय बैंकले मंगलबार निर्देशन जारी गर्दै प्रिपेड कार्ड मार्फत हुने गरेको जथाभावी भुक्तानीमा रोक लगाएको हो ।

अनलाइन मार्फत् विदेशबाट वस्तु तथा सेवा खरिद बापतको भुक्तानी गर्ने प्रयोजनका लागि बैंक र राष्ट्रियस्तरका विकास बैंकहरुले विदेशी मुद्राको भुक्तानी गर्न वार्षिक अधिकतम अमेरिकी डलर ५ सय वा सो बराबरको परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गरी विदेशी मुद्रा सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था गरेको थियो । यो व्यवस्थाले अनावश्यक क्षेत्रमा भुक्रानी बढेपछि केन्द्रीय बैंकले त्यसलाई नियन्त्रण गर्ने कदम चालेको हो ।

केन्द्रीय बैंकको निर्देशन अनुसार राजीतिक संस्था, धार्मिक संस्था, बेटीङ, लोटरी, अनलाइन बेटिङ, पिओइ फण्डीङ, क्यासिनो, रियल स्टेट एजेन्टलाई रेन्टल लगायत १८ शीर्षक अन्तर्गतका बस्तु तथा सेवाहरु उपभोग गरेर भुक्तानी गर्न नपाइने व्यवस्था गरेको छ । पछिल्लो समयमा विदेशी सञ्चितिमा आएको गिरावटका कारण पनि केन्द्रीय बैंकले यी बस्तु तथा सेवाको भुक्तानीमा कडाइ गरेको हो ।

राष्ट्र बैंकका अनुसार मनि अर्डर, बीमा कम्पनीहरुको डारेक्ट मार्केटिङ, इन बाउण्ड टेलिसर्भिस मर्चेन्ट, इन्स्योरेन्स सेल्स एण्ड अण्डर राइटिङ, मनि ट्रन्सफर सदस्या वित्तीय संस्था, रेसिङ लगायतका बस्तु तथा सेवामा डलर प्रिपेड कार्ड प्रयोग गरेर भुक्तानी गर्न पाइने छैन ।

केन्द्रीय बैंकले वाणिज्य बैंक र राष्ट्रिय स्तरका बैंकले जारी गर्ने प्रिपेड कार्डबाट ती बस्तु तथा सेवाको भूक्तानी नहुने व्यवस्था गर्न भनेको हो । त्यसका लागि विभिन्न १८ मर्चेन्ट क्याटोगोरी कोड (एमसीसी) समेत निर्देशनमा उल्लेख गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।