तीज सकिएपछि सुनको मूल्य घट्यो

0
Shares

स्थानीय बजारमा बुधबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । तीज सकिए लगत्तै सुनको मूल्यमा गिरावट आएको हो।

मंगलबार प्रतितोला ९४ हजार ८०० मा खरिद–बिक्री भएको छापावाल सुन बुधबार घटेर ९४ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छ ।

यस दिन चाँदी प्रतितोला १५ रुपैयाँले घटेर कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार प्रतितोला एक हजार १४५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर एक हजार १३० रुपैयाँमा कारोबार भएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ भाद्र २०७९, बुधबार  १२ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।