सिटिजन्स बैंकका कार्डबाहकलाई होटल जंगल क्राउनको सेवामा १०% छुट

0
Shares

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चितवनस्थित होटल जंगल क्राउन प्रा.लि. बीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले होटल जंगल क्राउनले प्रदान गर्ने सेवाहरुमा १०% सम्मको आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्नेमा बैंक विश्वस्त रहेको छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ४६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।