सानिमा बैंकको नाफा १४ प्रतिशतले बढ्यो, तीन महिनाको नाफा ५९ करोड

0
Shares

सानिमा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५९ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको नाफा गत आर्थिक बर्षको यसै अवधिको तुलनामा १४.४० प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५१ करोड ८८ लाख खुद नाफा गरेको थियो । बैंकको नाफा ८ करोडले बढेको हो। यस अवधिमा बैंकको वितरणयोग्य नाफा २७ करोड ५४ लाख छ ।

बैंकले यस अवधिमा निक्षेप ९५ अर्ब ९२ करोड १७ लाख पुर्याएको छ । असोजसम्म कुल ऋण ८३ अर्ब ५२ करोड पुगेको छ।

बैंकले खुद ब्याज आम्दानी १७ प्रतिशतले बृद्धि गरेको छ। बैंकले यस अवधिमा १ अर्ब १४ करोड ५० लाख खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा करिब १८ करोडले बढी हो।

८ अर्ब ८० करोड चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा २ अर्ब ५४ करोड ९० लाख ९९ हजार राखेको छ ।

बैंकको वार्षिक प्रतिशेयर आम्दानी २६ रुपैयाँ ४७ पैसा, प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ८५ पैसा छ ।

यस्तै मुल्य आम्दानी अनुपात ११.५२ गुणा, पूँजीकोष अनुपात १२.६१ प्रतिशत, खराब कर्जा शुन्य दशमलव २४ प्रतिशत, आधार ब्याजदर ९.२१ प्रतिशत, कोषको लागत ७.२२ प्रतिशत, सिसिडी रेसियो ७८.८४ प्रतिशत र ब्याजदर अन्तर (स्प्रड रेट) ४.४४ प्रतिशत रहेको छ ।