अरुण काबेलीको १ अर्ब ८५ करोडकाे हकप्रद धितोपत्र बोर्डको पाइपलाइनमा

0
Shares

अरुण काबेली पावर लिमिटेडले एक बराबर एक कित्ता अनुपातमा हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । 

कम्पनीले विद्युत नियमन आयोगबाट हकप्रद सेयर निष्काशन गर्न भदौ १२ गते अनुमति पाएसँगै बोर्डमा निवेदन दिएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ मूल्यको १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७१ करोड २१ हजार रुपैयाँ पुग्नेछ । कम्पनीले हकप्रद सेयर निष्काशन गर्न नविल इन्भेष्टमेन्ट बैंकिङ्गलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीले पाँचथर र ताप्लेजुङ जिल्लाबीच भइ बग्ने काबेली नदीमा २५ मेगावाटको काबेली बि–१ जलविद्युत आयोजना निर्माण पूरा गरी २०७६ कार्तिक २३ गते देखि व्यवसायिक उत्पादन गर्दै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १७ भाद्र २०७९, शुक्रबार  १३ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।