नेपाल बंगलादेश बैंकले बोनस र नगद गरी १२ प्रतिशत लाभांश वितरण गर्ने

0
Shares

नेपाल बंगलादेश बैंकले गत आर्थिक बर्षको मुनाफाबाट १२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले ५ प्रतिशत बोनस शेयर तथा ७ प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीलाई वितरण हुनेछ । बैंकले अघिल्लो आर्थिक बर्षको भन्दा बढाएर लाभांश प्रस्ताव गरेको हो । अघिल्लो आर्थिक बर्ष बैंकले १०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड ८२ लाख रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ४९ करोड २७ लाख रुपैयाँ पुग्नेछ ।