स्वस्तिक आयलको १० महिनाको आम्दानी १२ अर्ब, उत्पादनको ४२% भारत निर्यात

0
Shares

केएल दुगडद्धारा चार दशक अघिदेखि सञ्चालन गरेको स्वस्तिक आयल इण्डिट्रिजले गत बैंशाख सम्ममा ११ अर्ब ७७ करोड ४० लाख सञ्चालन आम्दानी गरेको छ । कम्पनीले सो अवधिमा विभिन्न प्रकारका खाने तेल स्वेदश तथा विदेशमा बिक्री गरी उक्त रकम आम्दानी गरेको हो ।

दुगडद्धारा सञ्चालित स्वस्तिक आयलले स्वस्तिक, धारा, सनफ्लो, संगम र विगुल नामका खाने तेलको उत्पादन तथा बिक्री गर्छ । कम्पनीले भारतीय बजारमा मोहन धारा र नोरिस नामका खाने तेल निर्यात गर्दै आएको छ । कम्पनीको कुल आम्दानीमा निर्यातको हिस्सा ४२ प्रतिशत रहेको छ । कम्पनीले २०७९ बैंशाखसम्ममा मात्र ४ अर्ब ९७ करोड ७० लाख रुपैयाँ बरावरको खाने तेल निर्यात गरेको हो ।

कम्पनीको कुल सञ्चालन आम्दानीको ८० देखि ८५ प्रतिशतसम्म कच्चा पदार्थ खरिदका लागि खर्च हुने कम्पनीले जनाएको छ । कम्पनीले कच्चा पदार्थ वभिन्न देशबाट आयात गर्ने भएकाले विनिमयदरमा आउने उतारचढावले नाफामा असर गर्ने सम्भावना रहेको छ । त्यो संगै नेपाल र भारत दुबै देशको आयात निर्यात नीतिका कारण पनि ब्यावसाय प्रभावित हुन सकने जोखिम रहेको छ।

कम्पनीले सेयरधनीले लगानी गरेको रकमको करिब ४ गुणाले कर्जा लिएको छ । कम्पनीको कर्जा उच्च भएकाले ब्याज, कर, डिप्रिसियसन र एमोर्टाइजेसन अघिको नाफाको ९.०४ गुणा इन्टे«ष्ट कभरेज अनुपात रहेको छ ।

कम्पनीले एक वर्षमा स्वयाविन, पबल्मोलियन, साफ्लो र भेजिटेवल घ्यू गरेर कुल एक लाख ३५ हजार मेट्रिक टन उत्पादन गर्छ । त्यसैगरी कम्पनीले बार्षिक १० हजार मेट्रिक टन तोरीको तेल उत्पादन गर्दै आएको छ ।

केएल दुगडले सञ्चालन गरेको सौरभ आयल एण्ड एग्रोको सन् २०२१ मा एक अर्ब ९३ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ भने विकास फुड प्रडक्टले २ अर्ब २० करोड रुपैयाँ आमदानी गरेको छ । विकास फुड प्रडक्टले वार्षिक रुपमा आटा मात्र ३ हजार मेट्रिक टन उत्पादन गर्छ ।

त्यसैगरी वर्षिक १६ हजार ९ सय ७६ मेट्रिक टन चामल उत्पादन तथा बिक्री गर्छ भने चक्कि आटा २५ हजार मेट्रिक टन उत्पादन तथा बिक्री गर्दै आएको छ । त्यसैगरी कम्पनीले पिठो मात्र वर्षिक ३२ हजार ४ सय र लिटो ४ हजार मेट्रिक टान वर्षिक उत्पादन तथा बिक्री गर्दै आएको छ ।

त्यसैगरी दुगडकै अर्को उत्पादन मुलक कम्पनी सौरभ आयल एण्ड एग्रोले तोरीको तेल र दालहरु उत्पादन गर्दै आएको छ । कम्पनीले धारा र ज्ञान नामका उत्पादनहरु बजारमा ल्याएको छ । कम्पनीले वर्षिक १० हजार ५ सय मेट्रिक टन तेल, १४ हजार ४ सय मेट्रिक टन विभिन्न प्रकारका दाल र ९ हजार ८ सय मेट्रिक टन डि आयल केक उत्पादन गर्दै आएको छ ।

केएल दुगडले इन्फोमेरीक्स रेटिङ एजेन्सीबाट तीनै कम्पनीको बैंक कर्जाका लागि रेटिङ गराएको छ । एजेन्सीका अनुसार सौरभ आयातले २ अर्ब १० करोड रुपैयाँ बरावरको कर्जाको रेटिङ पाएको छ । त्यसैगरी विकास फुडका लागि एक अर्ब ७१ करोड र स्वस्तिक आयलका लागि १० अर्ब ४६ करोड रुपैयाँ बैंक ऋणका लागि रेटिङ दिएको एजेन्सीले जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।