हिमाल दोलखा हाइड्रोपावरमा पाँच सञ्चालक निर्वाचित

0
Shares

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडमा पाँच सञ्चालक निर्वाचित भएका छन् ।

कम्पनीको भदौ १९ गते आइतबार सम्पन्न भएको वार्षिक साधारण सभाबाट संस्थापकबाट तीन र सर्वसाधारणाट दुई गरी कुल पाँच जना सञ्चालक निर्वाचित भएका हुन् ।

संस्थापक सेयरधनी समूहबाट निर्वाचित हुने सञ्चालकहरुमा रञ्जना दहाल, जितेन्द्र श्रेष्ठ र राजन श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै सर्वसाधारण सेयरधनीहरूको तर्फबाट बिनोद बालाखे र श्यामनाथ कायस्थ निर्वाचित भएको कम्पनीले जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ भाद्र २०७९, बुधबार  १३ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।