ङादी ग्रुप पावरको १५० प्रतिशत हकप्रद सेयरको बाँडफाँड

0
Shares

ङादी ग्रुप पावर लिमिटेडको १५० प्रतिशत हकप्रद सेयरको बाँडफाँड भएको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडका अनुसार ङादी ग्रुप पावर लिमिटेडको उक्त हकप्रद सेयर भदौ २२ गते बाँडफाँड भएको हो ।

कम्पनीले साउन १८ गते देखि भदौ ७ गतेसम्म चुक्ता पुँजीको १५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो । सो अवधिमा रीतपूर्वक आवेदन दिएका सेयरधनीहरूमा ९३ लाख ४६ हजार ६९६ कित्ता सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

कम्पनीले चुक्ता पुँजीको १५० प्रतिशतले हुन आउने १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । हकप्रदमा १२ लाख ५७ हजार २९० कित्ता सेयर अवितरित भएको छ । हकप्रदमा आवेदन नपरेको उक्त सेयर कम्पनीले छिट्टै लिलामी बिक्रीमा ल्याउनेछ । लिलामी मार्फत बिक्री हुने सूचना भने पछि प्रकाशन हुनेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २३ भाद्र २०७९, बिहिबार  १७ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।