नबिल बैंकले ३४ प्रतिशत लाभांश बाड्ने, चुक्ता पूँजी दश अर्ब ९ करोड नाघ्ने

0
Shares

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई कूल ३४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

आइतबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १२ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारणससभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।

हाल नबिलको चुक्ता पूँजी ९ अर्ब १ करोड १८ लाख ४५ हजार रुपैयाँ रहेको छ । बैंकले प्रस्ताव गरे अनुसार १ अर्ब ८ करोड १४ लाख २१ हजार ४०० रुपैयाँ बराबरको बोनस र १ अर्ब ९८ करोड २६ लाख ५ हजार ९०० रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । बोनस वितरणपछि भने बैंकको चुक्ता पूँजी १० अर्ब ९ करोड ३२ लाख ६६ हजार ४०० रुपैयाँ पुग्नेछ ।

गत वर्ष पनि नबिलले १२ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद गरी ३४ प्रतिशत नै लाभांश वितरण गरेको थियो ।