स्वरोजगार लघुवित्तले पस्कियो गजबको प्रगति विवरण, अधिकांस सूचकमा छलाङ

0
Shares

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २ करोड ८० लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाका नाफा गत आर्थिक बर्षको यसै अवधिको तुलनामा १८०.२१ प्रतिशत धेरै हो ।

कम्पनीले गत वर्ष यसै अवधिमा १ करोड २४ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेपछि कम्पनीको नाफामा उच्च सुधार आएको हो । कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफा क्रमश ६०.८३ र १८०.४२ प्रतिशतले बढेको छ ।

संस्थाले यस अवधिमा एक अर्ब ३८ करोड निक्षेप संकलन गुर्नुका साथै बैंकहरुबाट एक अर्ब ६२ करोड सापट लिएर ३ अर्ब १७ करोड कर्जा लगानी गरेको छ ।

चुक्ता पूँजी २६ करोड ९५ लाख १२ हजार रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी ४१ रुपैयाँ ६९ पैसा छ । प्रतिशेयर आम्दानी गत वर्षको यसै अवधिको भन्दा २६ रुपैयाँ ७५ पैसा धेरै हो । कम्पनीको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ८८ पैसा पुगेको छ ।

कम्पनीको रिजर्भकोष समेत ४ करोड ९७ लाख बाट बढेर १५ करोड ३३ लाख पुगेको छ । यस अवधिमा कम्पनीको खराबकर्जा भने सामान्य बढेको छ ।

स्वरोजगारले गत वर्षको कमाईबाट आफ्ना शेयरधनीलाई २६.७५ प्रतिशत बोनस शेयर र १.४० प्रतिशत नगद लाभांश दिने घोषणा गरिसकेको छ । बोनस वितरणपछि कम्पनीको चुक्ता पुँजी ३४ करोड १६ लाख १२ हजार रुपैयाँ पुग्नेछ ।