धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति यथाशिघ्र गर्न लगानीकर्ताको माग, चलखेलमा सचेत रहन खबरदारी

0
Shares

शेयर लगानीकर्ता दबाब समूहले नेपाल धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति यथाशिघ्र गर्न सरकारको ध्यानकर्षण गराएको छ । साथै उसले नियुक्ति प्रक्रियामा हुनसक्ने चलखेलमा सचेत रहन समेत अर्थमन्त्रालयलाई खबरदारी गरेको छ ।

समूहका अध्यक्ष हरि ढकालले सोमबार एक विज्ञप्ति जारी गर्दै अर्थतन्त्रको ऐनाको रुपमा रहेको पूँजी बजारको नियामक निकायको नेतृत्व विहिन अवस्था लामो समय सम्म रहन नहुने भन्दै अबिलम्व नियुक्ती प्रक्रियालाई टुङोमा पुर्याउन माग गरिएको छ ।

‘नियुक्ति प्रक्रियामा विचौलिया हावी भै पूँजीबजारलाई लामो समय सम्म गतिहिन बनाउन उद्धत तत्वहरुबाट धितोपत्र बोर्डको नेतृत्व चयनमा हुन सक्ने चलखेलमा सचेत रहन अर्थमन्त्रालयलाई खबरदारी समेत गर्दछौं ।’ दबाव समूहद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

समुहले आगामी कार्यकालको लागि धितो पत्र बोर्डमा नियुक्ति प्रक्रिया अगाडि बढ्दै गर्दा आम लगानीकर्ताको अपेक्षा भनेको विषम परिस्थितिमा गुज्रिरहेको बजारलाई सही दिशा प्रदान गर्न सक्ने पूँजीबजारसँग सम्बन्धित दक्ष ज्ञान भएका आर्थिक रुपमा पारदर्शी, अनुभवी र सुझाव समितिले प्रस्तुत गरेको ५८ बुँदाहरु मध्ये कार्यान्वयन हुन बाँकी रहेका लगानीकर्ताका मागहरुलाई कार्यान्वयन गर्न सक्ने सक्षम र दक्ष नेतृत्व नियुक्ति हुनु्पर्ने माग राखेको छ ।

साथै दवाब समूहले निरन्तर घट्दो क्रममा रहेको पूँजी बजारको अवस्थाले शेयर बजारका लगानीकर्ताहरुमा उत्पन्न चरम निराशा र पूँजीबजार प्रति बढ्दो अविश्वासका कारण कतिपय कम्पनीका आइपीओ समेत बिक्न छाडेकोप्रति चिन्ता समेत व्यक्त गरेको छ ।