ग्लोबल आइएमई लघुवित्तमा पोजेटिभ सर्किट, नबिलको उच्च कारोबार

0
Shares

सोमबार शेयर बजारमा झिनो अंकको सुधार आउँदा ग्लोबल आइएमई लघुवित्तको शेयर मूल्य झण्डै दश प्रतिशतले बढेको छ भने नबिल बैंकको सबैभन्दा उच्च कारोबार भयो ।

सोमबार नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ०.९७ अंकले बढेर ११४०.२६ अंकमा उक्लिएको छ। बजारमा सामान्य सुधार आउँदा १९ करोड बढीको शेयर किनबेच भयो । सोमबार १६३ कम्पनीका सात लाख ५९ हजार कित्ता शेयर १९ करोड १८ लाख रुपैयाँमा कारोबार भयो। आइतबार १७ करोड ५५ लाख बराबरको शेयर किनबेच भएको थियो ।

सबैभन्दा बढी नबिल बैंकको एक करोड ९८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। सोमबार ११ समूहको कारोबार भएको बजारमा चार समूहको उसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेका हुन्।

सोमबार ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९३ प्रतिशत बढेर कारोबार भएको छ । त्यस्तै नेरुडे लघुवित्तको शेयरमूल्य ५.६९ प्रतिशत, एनआईसी एशिया ग्रोथ फन्डको ५.४७ र हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको ४.५५ प्रतिशतले बढेको छ ।

सबैभन्दा बढी जोशी हाइड्रोपावरको शेयरमूल्य ४.८३ प्रतिशत घटेको छ । गोर्खाज फाइनान्सको ४.३४, माउन्टेड हाइड्रो नेपालको ३.७५, अरुण भ्याली हाइड्रोपावरको ३.०६ र एनएलजी इन्स्योरेन्सको २.६५ प्रतिशत घटेको छ ।