फरवार्ड माइक्रोको नाफामा सामान्य सुधार, लागत र प्रोभिजन बढ्यो

0
Shares

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो तीन महिना अर्थात असोज मसान्तसम्म ८ करोड ३७ लाख ८१ हजार रुपैयाँ खुद नाफा गरेको छ। यो गत आर्थिक बर्षको तुलनामा ३३ लाख ५३ हजार ४.१७ प्रतिशत धेरै हो ।

गत आर्थिक वर्षको असोजमा कम्पनीको नाफा ८ करोड ४ लाख रुपैयाँ थियो। कम्पनीको व्यवासाय विस्तार भएपनि निक्षेपको लागत उच्च दरले बढेपछि नाफामा सामान्य सुधार आएको हो । माइक्रोफाइनान्स कोषको लागत ९.८९ प्रतिशतबाट बढेर १२.०९ प्रतिशतमा पुगेको छ।

साथै सम्भावित जोखिम वापतको रकम समेत बढेको छ । कम्पनीले एक करोड ८४ लाख यो शिर्षकमा छुट्याएको छ ।

चुक्ता पूँजी ३७ करोड ७६ लाख ७२ हजार रुपैयाँ रहेको संस्थाको वार्षिक प्रतिशेयर आम्दानी ८८ रुपैयाँ ७३ पैसा कायम गरेको छ। जसको जगेडाकोषमा ९५ करोड ४५ लाख रुपैयाँ सञ्चित छ ।

लघुवित्तले असोज मसान्तसम्मा ४ अर्ब ८७ करोड ३ लाख निक्षेप संकलन तथा ५ अर्ब २६ करोड ६२ लाख रुपैयाँ सापटी लिएर १० अर्ब ११ करोड ६६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। जसबाछट २२ करोड १८ लाख ४५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

फरवार्डको निष्कृय कर्जा अनुपात ०.८२ प्रतिशत, प्रतिशेयर नेटवर्थ ३५२ रुपैयाँ ७४ पैसा तथा मूल्य आम्दानी अनुपात ५९.७३ गुणा छ।