शेयर कारोबारमा सामान्य सुधार, एक अंकले बजार घट्दा २८ करोडको कारोबार

0
Shares

मंगलबारको शेयर कारोबारमा सामान्य सुधार देखिएको छ । नेप्से सूचक करिब एक अंकले ओरालो लागेको बजारमा यसदिन २८ करोड बढीको शेयर किनबेच भयो ।

यस दिन १६२ कम्पनीको २८ करोड ४४ लाख ७२ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। नेप्से सूचकक ०.८१ अंकले घटेर ११३९.४५ अंकमा झरेको छ ।

कारोबारमा आएका १२ उपसमूहमध्ये उत्पादन, लघुवित्त र म्युचुअल फन्ड बाहेका सबै सूचक ओरालो लागेको छ । म्युचुअल फन्ड उपसमूहको परिसूचक यस दिन १.८८, उत्पादनको ०.६९ र बैंकिङ्गको ०.०४ प्रतिशत बढेको छ । लघुवित्त उपसमूहको परिसूचक भने यस दिन १ अंक बढेको छ।

निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन ०.६८, वित्तको ०.६३, अन्यको ०.४७, होटलको ०.३५, हाइड्रोपावरको ०.३३, जीवन बीमाको ०.३ र विकास बैंकको ०.०३ प्रतिशत घटेको छ। व्यापार उपसमूहको परिसूचक यस दिन स्थिर रहेको छ।

सबैभन्दा धेरै प्रभु बैंकको दुई लाख ४३ हजार कित्ता संस्थापक शेयर खरिद बिक्री भएको छ। एभरेष्ट बैंक र नबिल बैंकको कारोबार रकम १ करोड नाघेको छ।

ग्लोबल आइएमई समुन्नत स्किम १ को इकाईमूल्य यस दिन १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । सिभिल लघुवित्तको शेयरमूल्य यस दिन ५.६२, नयाँ नेपाल लघुवित्तको ५.०७, ग्लोबल आइएमई लघुवित्तको ४.८२ र गुडविल फाइनान्सको ४.५८ प्रतिशत बढेको छ।

सिनर्जी पावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशत घटेर नकारात्मक सर्किट लागेको छ । यस्तै, दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य यस दिन ५.७६, रिलायन्स फाइनान्सको ५.०४, नेशनल हाइड्रोपावरको ३.७७ र आँखुखोला जलविद्युतको ३.६३ प्रतिशत घटेको छ।