प्रधानमन्त्री देउवाले दिए बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन

0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित कार्यक्रममा उहाँले चाडपर्वको समयमा बजारमा अवाञ्छित गतिविधि हुनेतर्फ सचेत रहँदै आ-आफ्नो क्षेत्राधिकार अनुसार बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।

विभिन्न चार मन्त्री र सचिवहरू सहितको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले १२ बुँदे निर्देशन दिएका थिए । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, अर्थमन्त्री जनार्दन शर्मा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, स्वास्थ तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, गृहसचिव विनोद सिंह, अर्थसचिव कृष्णहरि पुष्कर, उद्योग सचिव तोयानारायण ज्ञवाली, वाणिज्य तथा आपूर्ति सचिव तोयम राया, काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक महेश भट्टराई लगायतका उच्च सरकारी अधिकारीको सहभागिता रहेको थियो ।

छलफलमा उद्योगमन्त्री बडूले बजार अनुगमनको विद्यमान अवस्थाका बारेमा जानकारी गराउँदै आफू मातहत सबै निकायलाई प्रभावकारी बजार अनुगमनका लागि निर्देशन दिइसकेको बताए। साथै उनले अन्तरमन्त्रालय समन्वय गरी अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन लाग्नुपर्ने बताएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: ९ आश्विन २०७९, आइतबार  १८ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।