
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको साविक चक्कर गाविसका सचिव रामरतन मण्डलसमेत दुई जना विरुद्ध सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
साविक चक्कर गाविसका विभिन्न वडाका सडकमा माटो पुर्ने र ग्राभेलको काम गर्न गराउन उपभोक्ता समिति गठन गरेको तर त्यसका लागि कुनै पनि रकम विनियोजन नभएको अवस्थामा तत्कालीन सचिव केवटले रञ्जित साहसँगको मिलेमतोमा गैरकानुनीरुपमा ९ लाख ७६ हजार ९०० रुपैयाँ बराबरको भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ ।
आयोगले सरकारी स्रोतबाट प्राप्त रकमको गैरकानूनीरुपमा दुरुपयोग गरेको अभियोगमा बिगोबमोजिमको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया