सुनको भाउ घटस्थापनाको दिन स्थिर, चाँदीको घट्यो

0
Shares

सुनको भाउ घटस्थापनाको दिन स्थिर बनेको छ । यसदिन चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज १० गते सोमबार छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ८०० रुपैयाँ र तेजावी सुनको भाउ ९१ हजार ३०० रुपैयाँमा कारोबार भैरहेको छ । हिजो आइतबार सुन तोलामा १ हजार रुपैयाँले घटेर सोही भाउमा कारोबार भएको थियो ।

सोमबार चाँदीको भाउ १ हजार १६० रुपैयाँ निर्धारण भएको छ । आइतबार चाँदीको भाउ ३० रुपैयाँ प्रतितोला घटेर १ हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पनि आज सुनको मूल्य घटेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १६३९ डलर तथा चाँदी प्रतिऔंस १८.६० डलर हाराहारीमा कारोबार भैरहेका छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा महासङ्घले स्थानीय बजारमा दैनिक (आइतबारदेखि शुक्रबारसम्म) कारोबार हुने सुनचाँदीको मूल्य तोक्ने गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० आश्विन २०७९, सोमबार  १२ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।