सिक्लेसको आईपीओ मंगलबार बाँडफाँड हुँदै, ७ प्रतिशतले मात्र सेयर पाउने

0
Shares

सिक्लेस हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको प्रारम्भिक सर्वाजनिक निष्कासन (आईपीओ) असोज ११ गते मंगलबार बाँडफाँड हुँदैछ ।

बिक्री प्रबन्धक बिओके क्यापिटलको कार्यालयमा बिहान ९ बजे सेयर बाँडफाँड हुनेछ । यसअघि शुक्रबार नै आईपीओको प्रि–अलटमेन्ट सम्पन्न भैसकेको छ । आईपीओ भोलि बाँडफाँड हुनेछ ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम हुने उक्त बाँडफाँडमा गोलाप्रथाबाट १० कित्ताका दरले १ लाख ५ लाख ८०० जनाले मात्र सेयर पाउनेछन् । यो संख्या आईपीओमा परेको कुल आवेदकको ६.८८ प्रतिशत रहेको छ । आईपीओमा १५ लाख ३८ हजार ८३८ वटा आवेदन परेको थियो ।

प्रारम्भिक तथ्याङ्क अनुसार ९३.१२ प्रतिशत अर्थात १४ लाख ३३ हजार ३८ जनाको हात खाली हुने देखिन्छ । यसमा सि–आश्वा प्रणालीबाट रद्द भएका तथा दोहोरो आवेदन समेत रहेको छ ।

कम्पनीले भदौ २९ गतेदेखि असोज २ गतेसम्म कुल ११ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ३४ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरूको लागि र ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी रहेको १० लाख ५८ हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।

सर्वसाधारणबाट १० करोड ५८ लाख रुपैयाँको आईपीओका लागि आवेदन माग गरिएकोमा १६.२९ गुणा बढी १ अर्ब ७२ करोड ४४ लाख ३८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धकका अनुसार १५ लाख ३८ हजार ८३८ जनाबाट १ करोड ७२ लाख ४४ हजार ३८० कित्ताको लागि आवेदन दिएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १० आश्विन २०७९, सोमबार  १२ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।