सिक्लेस हाइड्रोको आईपीओ बाँडफाँड, १ लाख ५ हजार ८०० जनाले पाए सेयर

0
Shares

सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको बाँडफाँडमा १ लाख ५ हजार ८०० जनाले गोलाप्रथाबाट १० कित्ता सेयर हात पारेका छन् ।

बिक्री प्रबन्धक बिओके क्यापिटलको कार्यालय नक्सालमा मंगलबार बिहान ९ बजे सेयर बाँडफाँड गरिएको हो ।

क्यापिटलका अनुसार आईपीओमा कुल १५ लाख १३ हजार ७८८ जना आवेदकबाट १ करोड ६३ लाख ८७ हजार ६५० कित्ता सेयरको लागि आवेदन परेको थियो । जसमध्ये १ हजार २५१ वटा आवेदनबाट परेकाे १९ हजार ३५० कित्ताको माग रद्द भएको छ भने १५ लाख १२ हजार ५३७ वटा आवेदनबाट परेकाे लाई बाँडफाँडमा सहभागि गराइएको थियो । माग भन्दा उच्च आवेदन परेका कारण योग्य रहेका १४ लाख ६ हजार ७३७ जनाले सेयर पाउन सकेनन् ।

कम्पनीले सर्वसाधारणलाई कुल ११ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेकोमध्ये ५७ हजार ५०० कित्ता सामुहिक लगानी कोषहरुका लागि र ३४ हजार ५०० कित्ता कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो । १० लाख ५८ हजार कित्ताको लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

कम्पनीले कास्कीको मादी गाउँपालिकाको मद्क्यु खोलामा १३ मेगावाटको आयोजना निर्माणसम्पन्न गरि २०७४ साल चैत्र २९ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ११ आश्विन २०७९, मंगलबार  ११ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।