इस्टर्न हाइड्रोपावर लिमिटेडले असोज २८ गतेदेखि पौने ७ करोड मूल्यको प्रारम्भिक सावएजनिक निष्कासन (आईपीओ) निष्काशन खुला गर्ने भएको छ ।
कम्पनीले स्थानीय बासिन्दालाई बिक्री खुला गरेको ५० हजार ३१० कित्ता समेत कुल ६ लाख ७० हजार ३१० कित्ता सेयर निष्काशन गर्न लागेको हो ।
कूल निष्काशनमा आउने ६ लाख ७० हजार ३१० कित्ता सेयरमध्ये ३३ हजार ५१५ कित्ता सामुहिक लगानी कोष र १३ हजार ४०६ कित्ता सेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ । बाँकी रहेको ६ लाख २३ हजार ३८९ कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका–२०७४ बमोजिम सर्वसाधारणका लागि छुट्याइएको उक्त कम्पनीको सेयर ६२ हजार ३२९ जनाले १०–१० कित्ता र ९ जनाले ११–११ कित्ताका दरले पाउनेछन् ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार सर्वसाधारण लगानीकर्ताले कात्तिक १ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले मेरो सेयर मोबाइल एप, मेरो सेयर वेबसाइट तथा नेपाल धितोपत्र बोर्डबाट सि आस्वा सदस्यता प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर ‘एनपी बी प्लस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया